काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ को विन्दुमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स १.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंक घटेको छ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३१३ कम्पनीको ८२ करोड ३७ लाख ९०२ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड माथिको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २२ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। सबैभनदा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
Comment