एकीकृत फ्रेण्डसिपको ३३औं स्थापना दिवस सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एकीकृत फ्रेण्डसिपको ३३औं स्थापना दिवस सम्पन्न



काठमाडौं । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकरी संस्था लिमिटेडले ३३औं स्थापना दिवस सम्पन्न गरेको छ । संस्थाले आइतबार विभिन्न कार्यक्रम गर्दै स्थापना दिबस सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष भुमिराज खड्काको सभापतित्व र राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेतको प्रमुख आतिथ्यतामा जिरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न उक्त समारोहमा जिल्ला समन्वय समिति दोलखाका उपाध्यक्ष दोर्जी शेर्पा, जिरी नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकी, जिल्ला सहकारी संघ लि., दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा फुयाल, दोलखा जिल्ला बचत संघका कोषाध्यक्ष पर्शुराम कार्कीको विशिष्ट आतिथ्यता रहेको सो समारोहमा जिल्ला सहकारी संघ दोलखाका महासचिव दिलबहादुर के.सी. लगायत विभिन्न सहकारीका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, जिरी न।पा का वडाअध्यक्षहरु, विभिन्न वित्तीय तथा अन्य विद्यालय, संघसंस्थाका प्रतिनिधिहरु, सल्लाहकारज्यूहरुको आतिथ्यता र सञ्चालक, पत्रकार, लेखा सुपरिवेक्षण समिति, सदस्यहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले सञ्चालन गरेका सो कार्यक्रममा संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्था र संस्थाले सत्तचालन गरेका विभिन्न क्रियाकलापहरुको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले प्रस्तुतीकरण गरेका थिए। स्थापना दिवसको अवसर पारेर मिति २०८१ फागुन २८ गते आयोजित अन्तर माध्यामिक विद्यालयस्तरीय सहकारी निबन्ध लेखन प्रतियोगितामा चण्डेश्वरी मा.वि., उमाकुण्ड–४, प्रितिका आकाश सुनुवारले प्रथम, शारदा मा.वि., गोकुलगंगा–२, ठोसेकी रिया बस्नेतले द्धितिय, जिरी मा.वि., जिरी–६ का मिन्टु शेर्पाले तृतिय र कास्थेम मा.वि., उमाकुण्ड–७, भुजीकी लक्ष्मी थापाले सान्त्वना स्थान हासिल गरेकोमा उनीहरुलाई सो समारोहमा नगद सहितको पुरस्कार समेत प्रदान गरिएको थियो।

समारोहमा आ.व. २०८०÷०८१ मा उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट बालबचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, असल ऋणी, उच्चतम प्रविधि प्रयोगकर्ता, उच्चतम शेयर खरिदकर्ता, उत्कृष्ट सुझावकर्ता जस्ता विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सदस्यहरुलाई सम्मान गरिएको सो कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी मानबहादुर जिरेललाई पुरस्कृत समेत गरिएको थियो।

संस्थाका कोषाध्यक्ष उद्धवकुमार कार्कीले स्वागतमन्तव्य, सल्लाहकार ईन्द्रबहादुर खड्काले सल्लाहकारको मन्तव्य र चारैजना विशिष्ट अतिथिहरु सहकारीका विविध आयाममा चर्चा गर्दै संस्थाको स्थापना दिवसको शुभकामना मन्तव्य राअ‍ेका थिए। कार्यक्रमका प्रमुख अतिथि डि.बी. बस्नेतले संस्था स्थापनाकालमा संस्थापक अध्यक्ष स्व.गोकुलध्वज कार्कीसंगको सहकार्य स्मरण गर्दै संस्था दोलखा जिल्लाको सहकारी अभियानमा अग्रपंक्तिमा उभिन र सदस्यहरुलाई गुणस्तरीय सेवादिन सफल भएकोमा गर्व अनुभव भएको भनाई सहित शुभकामना मन्तव्य राखे ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष भुमिराज खड्काले धन्यवाद ज्ञापन सहित सभा विर्सजन गरेका थिए। स्थापना दिवसकै अवसर पारेर एम बैंकसंगको सहकार्यमा संस्थाले सञ्चालन गरिरहेको मोवाईल एपमा क्यु।आर. भुक्तानी अन्तर्गत नेपाल पे क्यु।आर। र स्मार्ट क्यू.आर थप र मिस्डकल बैकिंङ सेवा शुभारम्भ गरेको छ।

प्रकाशित : ४ चैत्र २०८१, मंगलवार १२:५४