ललितपुर । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘मर्यादित सहकारी: सम्मुनत समाज’ भन्ने मुल थिम तय गरेको छ। राष्ट्रिय सहकारी महासंघले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
यस वर्षको राष्ट्रिय सहकारी दिवस विशेष रूपमा महत्वपूर्ण रहेको संघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिईन।अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ विश्वभर मनाइरहेको सन्दर्भमा महासंघले संघिय सरकारसँग सहकार्य गर्दै यस दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने योजना बनाएको अध्यक्ष मल्लले बताईन ।
२०१३ चैत्र २० गते बखान सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते दिवस मनाउने गरिएको छ।

Comment