एट्याण्डर्ड चाटर्ड बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एट्याण्डर्ड चाटर्ड बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेप्सेमा एट्याण्डर्ड चाटर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ६.५० प्रतिशत अर्थात ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सूचीकृत भएसँगै अब यो सेयर आगामी कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रकाशित : २७ फाल्गुन २०८१, मंगलवार १७:५२