काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ। आज सेयर बजार २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा रोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स ३.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ।
आज ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३११ कम्पनीको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब ३७ करोडको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७३ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको हो। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। सोमबार अन्य उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत घटेको छ। त्यसैगरी, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।





Comment