काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा पुगेर रोकिएको छ । आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२२ प्रतिशतले बढेर ४७०.६० विन्दुमा पुगेको छ ।
आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३१० कम्पनीको एक करोड ९० लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको एक अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।
आज सबेभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफको शेयर दोस्रो बजारमा कारोबारमा आएकै दिनबाट लगातार सकारात्मक सर्किट लागिरहेको छ ।
आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।
Comment