नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँडकाे मिती तय, मागभन्दा १३.२७ गुणा बढी आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँडकाे मिती तय, मागभन्दा १३.२७ गुणा बढी आवेदन



काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ फागुन २३ गते शुक्रबार बाँडफाँड हुने भएको छ। आइपीओ बाँडफाँड बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे हुने भएको हो।

सीडीएससीको अन्तिम तथ्याङक अनुसार आइपीओमा १९ लाख ९७७ जनाबाट २ करोड ४४ लाख ८३ हजार २२० कित्ता खरिदका लागि आवेदन परेको छ। यो भनेको १३.२७ गुणा बढी आवेदन परेको हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको थियो ।

प्रकाशित : २१ फाल्गुन २०८१, बुधबार १९:४६