काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज बजार २५.१६ अंकले घटेर २८२१.१३ को विन्दुमा पुगेर रोएिको हो । आज सेन्सेटिभ इण्डेक्स ५.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अंक घटेको छ।
आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर भाउ घटेको छ । आज ३०८ कम्पनीको दुई करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ९० करोड ३१ लाख रुपैयाँ र सगरमाथा जलविद्युतको ३० करोड ७९ लाखको सेयर कारोबार भएको छ ।
आज समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ साथै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य पनि उच्च अंकले बढेको छ। आज कारोबारमा आएको ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य भने सर्वाधिक घटेको छ।
Comment