ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ ११ बैशाख । सोमबार नेप्से १७ दशमलव ९४ अंकले ओरालो लागेर बन्द भएको छ । आइतबार ३५ दशमलव ३८ अंकले बढेको नेप्से सोमबार ओरालो लागेको छ । १६ सय ९४ मा खुलेको नेप्से १६ सय ७५ मा पुगेर बन्द भएको छ । सोमबार उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन।
सोमबार इन्स्योरेन्स समुह सबै भन्दा धेरौ ८३ दशमलव ७४ अंकले ओरालो लागेको छ । सोमबार होटल समुह २३ दशमलव ३ अंकले ,जलविघुत समुह २२ दशमलव ४४ अंकले, बैकिड. समुह १९ दशमलव १७ अंकले, विकास बैँक समुह १४ दशमलव ३ अंकले, अन्य समुह ८ दशमलव ६७ अंकले र फाईनान्स समुह ४ दशमलव २ अंकले ओरालो लागेको छ । सोमबार उतपादनमुलक समुह भने ० दशमलव २३ अंकले बढेको छ ।
सोमबार कारोबारमा आएका १४२ कम्पनीको १६ लाख २६ हजार ४ सय ३१ कित्ता शेयर बाट ९६ करोड ५२ लाख ३ हजार २ सय ८४ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ०९:४६