काठमाडौं । साेमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । पछिल्ला केही दिनहरुमा लगातार बढेको बजारमा आज दोहोरो अंकको करेक्सन देखिएको हो। आज सेयर बजार १३.६२ अंकले घटेर २८७६.६६ को विन्दुमा पुगेर रोकिएको हो।
आज सेन्सेटिभ इण्डेक्स ३.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक घटेको छ।आज ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज तीन सय कम्पनीको तीन करोड १२ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको एक अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको हो। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ७३ करोड ४२ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको ३६ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक आज बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ।
कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, आज बैंकिङ्ग र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
Comment