सानिमा बैँकको नाफा अर्बको नजिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैँकको नाफा अर्बको नजिक



काटमाडौँ ११ बैशाख । चैत मसान्तसम्म सानिमा बैंकले नाफा बढाएको छ। सोमबार वित्तीय विवरण प्रकाशित गरेको सानिमा बैँकको नाफा अर्बको नजिक रहेको छ। बैंकको नाफा ९४ करोड २९ लाख रुपैयाँ पुगेको छ। सानिमाको सहायक कम्पनीको समेत जोड्दा नाफा ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ। गत बर्ष बैंकको नाफा ६७ करोड रुपैयाँ थियो।
पाँच अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकसँग कुल निक्षेप ५३ अर्ब ३२ करोड रुपैयाँ छ। बैंकले ४८ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको खराव कर्जा अनुपात ०।०४ प्रतिशत मात्रै छ। प्रति सेयर आम्दानी करिव २४ रुपैयाँ छ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ०९:०२