सेयर बजारमा उछाल, कारोबार रकम १४ अर्ब २५ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा उछाल, कारोबार रकम १४ अर्ब २५ करोड माथि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बृद्धि भएको छ। आज सेयर बजार ७५.२४ अंकले बढेर २८९०.२८ को विन्दुमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स १४.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८० अंक बढेको छ।

आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ। आज नेप्सेमा ३०२ कम्पनीको दुई करोड ९१ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २५ करोड माथिको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सिन्धु विकास बैंकको ४० करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

नेप्सेको १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७९ प्रतिशत बढेको छ। त्यस्तै, वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, म्युचुअल फण्ड उपसमूहको परिसूच भने आज १.२७ प्रतिशत घटेको छ।

आज हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साथै, न्यादी हाइड्रोपावरको सेयरमूल्य पनि उच्च अंकले बढेको छ । आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रकाशित : १८ फाल्गुन २०८१, आईतवार १५:३४