काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा रोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स ०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ। साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स स्थिर रहेको छ।
आज ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । आज ३१० कम्पनीको दुई करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ८० करोड ६७ लाख रुपैयाँ र एनआरएनको ४४ करोड ९४ लाखको सेयर कारोबार भएको छ ।
आज गार्डिन माइक्रो लाइफको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, राप्ती हाइड्रो र बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले पनि आज मनग्य कमाएका छन्।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
Comment