सेयर बजारमा सामान्य बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य बृद्धि



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स १.९० अंक र फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।

आज ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ । आज ३०९ कम्पनीको एक करोड ५६ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा आठ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ। आज यस कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँ, सीएचडीसीको ३६ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ, विन नेपाल लघुवित्त र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : ८ फाल्गुन २०८१, बिहीबार १५:३५