राष्ट्रिय वाणिज्य बैंकलाई आस्वा प्रणालीको अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय वाणिज्य बैंकलाई आस्वा प्रणालीको अनुमती



काठमाडौं १० बैशाख । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीको अनुमती दिएको छ । बैंकलाई आवेदन संकलन तथा त्यससम्बन्धी कार्य गर्ने आस्वा प्रणालीको अनुमती दिएको हो ।आस्वा प्रणलीबाट सेयरमा आवेदन दिदा लगानीकर्ताको बैंक खातामा नै हालेको बराबरको रकम रोक्का रहन्छ त्यस्तै परेपछि परे बराबरको रकम मात्र खाताबाट रकमान्तर हुने गर्छ ।
राष्ट्रिय वाणिज्य आस्वा प्रणालीमा जोडिएपछि ६८ जिल्लामा रहेका १ सय ७२ वटा शाखा कार्यालयबाट दुर्गमस्क्षेत्रमा रहेका जनताहरुले आस्वा सुविधा लिन पाउने भएका छन् ।

प्रकाशित : १० बैशाख २०७४, आईतवार ०९:१०