एनसिएम मर्चेन्ट बैंकको नाम परिवर्तन, सनराइज क्यापिटल लिमिटेडको नामबाट कारोवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसिएम मर्चेन्ट बैंकको नाम परिवर्तन, सनराइज क्यापिटल लिमिटेडको नामबाट कारोवार



काठमाडौं  १० बैशाख। सनराईज बैंकको सहायक कम्पनी एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडको नाम परिवर्तन भएर ‘सन्राईज क्यापिटल लिमिटेड’ भएको छ । कम्पनीको आज सम्पन्न साधारणसभाले नाम परिवर्तन गरेको जानकारी दिएको हो ।

सभाले कम्पनीको कार्य क्षेत्र बिस्तार गर्न कम्पनीको शेयर पूँजी बृद्दि गरी जारी पूँजी २० करोड पुर्याउने भएके छ । साथै चुक्ता पूँजी १० करोड कायम गर्ने लगायत प्रबन्धपत्र तथा नियमावलीमा पे्रषित दफाहरु संशोधन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित : १० बैशाख २०७४, आईतवार ०४:५३