बैंकिङ क्षेत्रका छाता संगठनले भने: सर्वसाधारणको निक्षेप सुरक्षित छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

बैंकिङ क्षेत्रका छाता संगठनले भने: सर्वसाधारणको निक्षेप सुरक्षित छ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । वित्तीय क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको भन्दै वित्तीय क्षेत्र सम्बद्ध ४ वटा संस्थाले ध्यानाकर्षण भएको बताएका छन् । बैंकिङ क्षेत्र विरुद्ध अराजक गतिविधि र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकषर्ण भएको बताएका हुन् ।

शुक्रबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संद्ध र लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ती जारी गर्दै वित्तीय क्षेत्रमाथि भएको आक्रमणको आलोचना गरेका हुन् ।

‘नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र नीति/नियमहरुको अधिनमा रहेको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्ने उदाहरणको रुपमा स्थापित भएको छ । नेपालको बैंकिङ क्षेत्र जोखिम बहन गर्ने क्षमता भएको र सुरक्षित रहेको स्पष्ट पार्दछौं ।’

विज्ञप्ती मार्फत सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप ‘निक्षेप तथा कर्जा सूरक्षण कोष’ मार्फत् सुरक्षण समेत गरीएको भन्दै निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको बताएका छन् ।

‘सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारी निकायहरुलाई आग्रह गर्दछौं ।’

प्रकाशित : २५ माघ २०८१, शुक्रबार १४:१५ 7 February, 2025 2:15 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।