लुम्बिनी र भिबोर मर्जरको अन्तिम चरणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी र भिबोर मर्जरको अन्तिम चरणमा



काठमाडौँ ८ बैशाख । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीसँगको मर्जरको स्वाप रेसियो र मर्जरपछि हकप्रद जारी गर्ने विशेष प्रस्ताव अघि सार्दै भिवोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले नवौँ वार्षिक साधारणसभा बोलाएको छ । वैशाख २८ गते स्टार भेन्यू नारायणचौरमा हुने साधारणसभामा भिवोर सोसाइटी र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेड बीच मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइने भएको छ र मर्जर पश्चात एक सय बराबर ८० कित्ता सेयर स्वाप रेशियो स्वीकृति गर्ने बताइएको छ । साधारणसभाले लुम्बिनी फाइनान्स एण्ड लिजिङको एक सय कित्ता सेयर बराबर भिवोर सोसाइटीको ८० कित्ता सेयर आदान प्रदान गर्ने प्रस्तावलाई स्वीकृति दिने भएको हो । मर्जरपछि बैंकको नाम  लुम्बिनी विकास बैङ्क लिमिटेड राख्ने प्रस्ताव  पनि पारित गरिने भएको छ ।

बैङ्कको मर्जर प्रक्रियाको लागि २०७३ माघ २५ गतेबाट सेयरधनी दर्ता पुस्तिका बन्द गरिएको छ । बैंकले मर्जर पश्चात १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत अघि सारेको छ ।
सोही सभामा सञ्चालक समितिका सदस्यहरुको कार्यअवधि म्याद भएपनि मर्जर प्रक्रिया सम्पन्न भएपश्चात नयाँ सञ्चालक समिति गठन भई साविकको सञ्चालक समितिको कार्यकाल समाप्त हुने भएको छ । त्यसैगरी, नयाँ सञ्चालकहरुको कार्यकाल आगामी साधारण सभा नभएसम्मको लागि कायम रहने प्रस्ताव पारित गर्ने भएको छ ।

प्रकाशित : ८ बैशाख २०७४, शुक्रबार ०९:१७