नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ओभरसब्सक्राइब्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ओभरसब्सक्राइब्ड

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आज माघ १३ गतेसम्म साढे ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले माघ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको छ।

नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्सलाई जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ ल्याउन अनुमति दिएको छ। त्यसको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको अर्थात २ लाख २५ हजार कित्ता शेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।

कुल कित्तामध्ये कम्पनीले कर्मचारीका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ३९ हजार ५१५ वैदेशिक रोजगारमा रहेका नेपालीले १२ लाख ६५ हजार ५० कित्ताका लागि खरिद आवेदन दिएका छन्। जुन मागभन्दा ५.६२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले आईपीओ भर्दा कम्तीमा १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरुले कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका साथै धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। आइपीओ भर्ने अन्तिम मिति माघ २२ गतेसम्म तोकिएको छ।

आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक हो। यसअघि गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गरिसकेको छ।

प्रकाशित : १३ माघ २०८१, आइतबार १८:०६ 26 January, 2025 6:06 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।