भन्सार संगठनको व्याख्या विपरित कुनै निर्णय भएको छैन्ः महानिर्देशक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भन्सार संगठनको व्याख्या विपरित कुनै निर्णय भएको छैन्ः महानिर्देशक



काठमाडौं । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले अन्तर्राष्ट्रिय विश्व भन्सार संगठनको व्याख्या विपरित विभागले कुनै निर्णय नगरेको दाबी गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित ७३औं अन्तराष्ट्रिय विश्व भन्सार दिवसको उपलक्ष्यमा भन्सार सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले नीति परिवर्तन गर्ने क्रममा त्यसले राष्ट्रिय उत्पादन र रोजगारी वृद्धिमा दिने योगदानलाई ध्यानमा राख्नुपर्ने भन्दै कानून विपरित कुनै काम नभएको बताए ।

उनले भने, ‘हामीले गरेको नीति परिवर्तनले राष्ट्रिय उत्पादनलाई कति योगदान दिन्छ र रोजगारी कति बढ्छ र निर्यात कति वृद्धि हुन्छ, आयात कति घट्छ भन्ने कुरा हेर्छौ । यसमा नीतिगत कुरा प्रष्ट रुपमा आउनुपर्छ । नीजि रुपमा कति नाफा हुन्छ, घाटा हुन्छ त्यो हामीले हेर्ने विषय होइन । हामीले गरेका निर्णय अहिले पनि दाबा गर्छौ अन्तर्राष्ट्रिय विश्व भन्सार संगठनले गरेको व्याख्या विपरित हाम्रो कुनै पनि निर्णय छैन् ।’

यस्तै, उनले राज्यले दिएको सुविधा र विश्वासमा विश्वासघात गर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्ने भन्दै असल नियतले गरेको काममा भएको सामान्य मानवीय त्रुटिहरुलाई कारबाही नगर्ने बताए । 

उनले भने, ‘तपाईहरुले असल नियतले गर्नु भएको काममा भएको मानविय त्रुटिहरुलाई कारबाही गर्नु हुदैँन् । त्यो कुरामा हामी सचेत छौं । तर राज्यले दिएको सुविधा र विश्वासमा विश्वासघात गरिन्छ भने कारबाहीको व्यवस्था हुनुपर्छ । धेरै कुराहरु सुधार भइरहेको छ ।’

प्रकाशित : १० माघ २०८१, बिहीबार १८:१६