राष्ट्रिय वाणिज्य बैंकले एघारौं वार्षिक साधारण सभा वैशाख २६ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय वाणिज्य बैंकले एघारौं वार्षिक साधारण सभा वैशाख २६ मा



काठमाडौं  ७ बैशाख ।  राष्ट्रिय वाणिज्य बैंकले एघारौं वार्षिक साधारण सभा वैशाख २६ गते बोलाएको छ । एनआइडीसी डेभलपमेन्ट बैंकलाई गाभ्न (एक्वायर) सैद्धान्तिक सहमति प्राप्त गरिसकेको यस बैंकले साधारण सभामार्फत गाभ्ने÷गाभिने र एक्विजिसन सम्बन्धी सम्पूर्ण कार्यको अख्तियारी बैंक सञ्चालक समितीलाई प्रदान गर्ने विशेष प्रस्ताव लैजाँदैछ ।

साधारण सभा दरबारमार्गस्थित होटल अन्नपूर्णमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सरकारी स्वामित्वको विकास बैंक एनआइडीसीले गत चैत ४ गते साधारण सभा गरेर राष्ट्रिय वाणिज्य बैंकसँग गाभिने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०७:४५