आइएमई लाइफकाे नयाँ बोनसदर घोषणा, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइएमई लाइफकाे नयाँ बोनसदर घोषणा, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८०/८१ का लागि कम्पनीबाट जारी भएका विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूःल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी नयाँ बोनसदर निर्धारण गरेको हो।

कम्पनीले बीमतिहरुलाई न्यूनतम २२ रुपैयाँदेखि अधिकतममा ८० रुपैयाँसम्मको बोनसदर दिने निर्णय गरेको छ । कम्पनीले सावधिक,सीमित अवधि भुक्तानी,सावधिक तथा बाल सावधिक बीमालेख अन्तर्गत ९ र्वो अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यस्तै सामूहिक सावधिक बीमालेख अन्तर्गत ९ बर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ७० रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ बर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी तथा आजीवन(कल्पधन)बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेखका बीमितहरुले १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ, २० देखि २४ का लागि ४८ रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस पाउने छन् ।

बाल अग्रिम भुक्तानी सावधिक(बाल उमङ्ग)बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

यसैगरी, कम्पनीले वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख९बाल किरण०अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ का लागि ४४ रुपैयाँ र २५ देखि २९ का लागि ६० रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख(धन सरिता)अन्तर्गतका सम्पूर्ण बीमा अवधिका लागि २२ रुपैयाँ दिने भएको छ ।

प्रकाशित : २ माघ २०८१, बुधबार १२:२४