सुन चाँदीको मुल्यमा सामान्य बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन चाँदीको मुल्यमा सामान्य बृद्धि



काठमाडौं । नेपाली बजारमा बुधबार सुन चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन तोलामा एक लाख ५५ हजार रुपैयाँ कारोबार भएको थियो। आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा एक हजार ८२० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 15 January, 2025 11:39 am