सिटिजन्स बैंकको यस्तो छ प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकको यस्तो छ प्रगति



काठमाडौं, ७ वैशाख  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा खुद मुनाफा ८८ करोड २८ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा २१ दशमलव ८१ प्रतिशतले बढी हो । बैंक (CZBIL) ले गत वर्षको सोहि अवधिमा ७२ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

५ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिटिजन्स बैंकले जगेडा कोषमा २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा २५ दशमलव २१ प्रतिशतले बृद्धि गरी ५५ अर्ब ५६ करोड ८ लाख रुपैयाँ संकलन गरी कर्जामा ४७ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ८ दशमलव १० प्रतिशतले बढेर १ अर्ब २५ करोड ४८ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा १७ दशमलव ०१ प्रतिशतले वृद्धि गरी ८८ करोड ७१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २३ करोड १९ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ८२ करोड ९४ लाख रुपैयाँ उठाउन सफल भएको छ ।

बैंकको जोखिम युक्त सम्पति २ दशमलव १३ प्रतिशतले बढेर १३ दशमलव ८५ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शुन्य दशमलव २३ प्रतिशतले घटेर १ दशमलव ५५ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २० दशमलव ३४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ७० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४५ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात २५ दशमल ५५ प्रतिशत रहेको छ ।

बैंकले १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात १ अर्ब ३८ करोड बराबरको (२५ प्रतिशत) हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०५:०४