प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले हाल बिक्रीमा राखिएको सेयरको संख्या, सोको मूल्य र बिक्री गर्ने संस्थापकहरूको नाम भने खुलाएको छैन। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।

बैंकले तोकिएको उक्त म्यादभित्र बैंकका कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिददका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा सर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाई छ ।

प्रकाशित : २२ पुस २०८१, सोमबार १३:०८ 6 January, 2025 1:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।