काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले हाल बिक्रीमा राखिएको सेयरको संख्या, सोको मूल्य र बिक्री गर्ने संस्थापकहरूको नाम भने खुलाएको छैन। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।
बैंकले तोकिएको उक्त म्यादभित्र बैंकका कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिददका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा सर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाई छ ।
Comment