नेप्सेमा सात कम्पनीको बोनस सेयरमूल्य समायोजन, कहिले हुन्छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

नेप्सेमा सात कम्पनीको बोनस सेयरमूल्य समायोजन, कहिले हुन्छ कारोबार ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सात कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेमा कृषि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, छिमेक लघुवित्त, आत्मनिर्भर लघुवित्त, जीवन विकास लघुवित्त र चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुको बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कृषि विकास बैंकको ३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। त्यस्तै, छिमेक लघुवित्तको ८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत, जीवन विकास लघुवित्तको १४ प्रतिशत र चिलिमेको १० प्रतिशत बोनस सेयर समायोजन भएको हो।

समायोजनपश्चात कृषि विकास बैंकको सेयरमूल्य ३२४ रुपैयाँ १७ पैसा, मितेरीको ६३५ रुपैयाँ ३९ पैसा, महालक्ष्मीको ३७७ रुपैयाँ ६७ पैसा, छिमेकको ८६१ रुपैयाँ २० पैसा, आत्मनिर्भरको ५ हजार ७१५ रुपैयाँ ५४ पैसा, जीवन विकासको १ हजार ३७८ रुपैयाँ ७ पैसा र चिलिमेको ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ।

समायोजित मूल्यलाई आधार मानेर भोली दास्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

प्रकाशित : १५ पुस २०८१, सोमबार ११:४० 30 December, 2024 11:40 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।