लामिछानेलाई भेटेपछि डा.केसीले भने: ‘चार हजार सहकारीमा कालो धन छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

लामिछानेलाई भेटेपछि डा.केसीले भने: ‘चार हजार सहकारीमा कालो धन छ’

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्


पोखरा । राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसीले देशभरी रहेका करीब चार हजार सहकारीहरुमा कालो धन लगानी भएको खुलासा गरेका छन् ।
सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई भेटेपछि संचारकर्मीहरुसंग कुरा गर्दै डा.केसीले त्यस्तो खुलासा गरेका हुन् ।
देशभरी रहेका चार हजार सहकारीमा अबैध तरीकाले लगानी भएको खरबौं रुपियाँको खोजी हुनु पर्नेमा जोड दिदै स्वतन्त्र बुद्धिजिबी केसीले राज्य त्यतातिर नदिई रबि लामिछानेको पछि लागेर २८ करोड रुपियाँको खोजीमा लागेको टिप्पणी गरे ।
बिगतमा आफुले भनेको रबि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरुले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गरे ।

प्रकाशित : १३ पुस २०८१, शनिबार १४:२४ 28 December, 2024 2:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।