युनाइटेड अजोड इन्स्योरेन्सको चार लाख बढी संस्थापक सेयर बिक्रीमा, मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

युनाइटेड अजोड इन्स्योरेन्सको चार लाख बढी संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको चार लाख सात हजार १८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक सेयरधनीहरु आईजे ग्रुपको नाममा रहेको तीन लाख ७४ हजार ४५ कित्ता र राधेश्याम अग्रवालको नाममा रहेको ३३ हजार १३७ कित्ता रहेका छन्।

आईजेड ग्रुपले बिक्रीमा राखेको युनाइटेड अजोडको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ र अग्रवालले बिक्रीमा राखेको सेयरको प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।

सेयर खरिद निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : 27 December, 2024 10:58 am