सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने



काठमाडौँ ४ बैशाख । सिद्धार्थ बैंक लिमिटेडले १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

८ अर्ब रुपैया चुक्तापुँजी पर्याउनको लागि बैकले ३० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको हो । बैकले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हाल सिद्धार्थ बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सवा आठ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ४ बैशाख २०७४, सोमबार ०९:४९