काठमाडौं ३ बैशाख । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारी ५ दिन भारत भ्रमणका लागि त्यस तर्फ जान लागेकी हुन् ।राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो।
Comment