चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि तीन क्षेत्रमा एकाई सभा गरी आज निर्णय प्रमाणित गर्ने सभा सहित साधारण सभा सम्पन्न गरेको हो । पहिलो एकाई सभा लाजिम्पाट काठमाण्डौंमा, दोश्रो एकाई सभा महालक्ष्मीस्थान ललितपुरमा र तेश्रो एकाई सभा शहिद स्मृति प्रकृति प्रतिष्ठानत्रिभुवन पार्क थानकोटमा आयोजना भएको थियो । तीनैवटा एकाईसभाबाट मनोनित प्रतिनिधिहरु सम्मिलित निर्णय प्रमाणित गर्ने सभा आज सम्पन्न भएको हो ।
सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका २०७६ अनुसार सबै सभाहरुमा समान कार्यसूचीहरु माथि छलफल तथा निर्णयहरु गर्दै एकाई सभाहरु सम्पन्न भएका थिए भने एकाई सभाहरुले एकाई सभाको निर्णय प्रमाणित गर्ने प्रतिनिधि र एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण गर्ने सभाको प्रतिनिधिहरु मनोनय गरेको थियो । संस्थामा कायम रहेको १९ हजार ७५६ जना सदस्यहरु मध्ये एकाई १ सभामा २ हजार ९१ जना मध्ये १ हजार ६६ जना, एकाई २ सभामा २ हजार १ सय ५३ जनामध्ये १ हजार ९८ जना र एकाई ३ सभामा १५ हजार ५ सय १२ जना मध्ये १० हजार ४ सय ९३ जना सदस्यहरु सहित १२ हजार ६५७ जना सदस्यहरु साधराण सभाममा उपसिथितत भएका थिए ।
२३ औं वार्षिक साधारण सभाले शिवशंकर मानन्धरको अध्यक्षतामा ३३ प्रतिशत महिला र ३३ प्रतिशत युवा सदस्यहरुको सुनिश्चितता संगै १३ सदस्यीय नयाँ सञ्चालक समिति र भानु प्रकाश ढकालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको निर्वाचन समेत सम्पन्न गरेको छ ।
संस्थाको उपाध्यक्षमा हरिहर सिग्देल, सचिवमा शरद कुँवर, कोषाध्यक्षमा मिना कुमारी खराल पाठक र सहसचिवमा दिल कुमारी महर्जन चयन भएका छन् । त्यसैगरी सञ्चालक सदस्यहरुमा ऋषिराम घिमिरे, गोविन्द बस्नेत,रविना महर्जन,सुबास श्रेष्ठ,इन्द्र बहादुर महर्जन,माधवराज पाण्डे, रुपा थापा मगर र सोहिल मानन्धर रहेका छन् । लेखा सुपरीवेक्षण समितिको सदस्यमा विना रोकाय र कृष्णप्रसाद लामिछाने चयन भएको संस्थाले जनाएको छ ।
२३ औं वार्षिक साधारण सभाले विभिन्न १४ वटा प्रस्तावहरु पारित गरेको छ । जस्मा अध्यक्ष योगेन्द्रकुमार कुँवरले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१/८२ को अनुमानित बजेट तथा वार्षिक कार्यक्रम, पि बिनय एण्ड एसोसिएट्सले पेश गरेको आ।ब। २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन लगायतका विषयहरु रहेका छन् ।
हाल संस्थामा शेयर सदस्य२१ हजार १९६ जना , शेयर पुँजी २१ करोड २७ लाख , संस्थागत पुँजी ११ करोड,४३ लाख, बचत २ अर्ब ९१ करोड, ऋण लगानी २ अर्ब ३८ करोड १७ लाख रहेको छ भने संस्थाको कुल सम्पत्ति ३ अर्ब ५५ करोड ३२ लाख रहेको छ । आगामी वर्ष संस्थाले आकारमा बृद्धि गर्ने भन्दा पनि वित्तीय अनुपातहरुलाई सन्तुलित बनाउले लक्ष्य लिएको छ । संस्थाले आ।व। २०८१र८२ मा सदस्य संख्या २२ हजार ५०० र कुल सम्पत्ति ३अर्ब,८९ करोड ५२ लाख पु¥याउने लक्ष्य लिएको छ भन सदस्यता बृद्धि, सुरक्षित वित्तीय अवस्था, जोखिम व्यवस्थापन, वित्तीय समावेशीकरण, डिजिटल रुपान्तरण, सदस्य सन्तुष्टी, सामाजिक उत्तरदायित्व र नियामकीय अनुपालन र सुशासन संरक्षण गर्ने कार्यलाई आफनो प्राथमिकतामा राखेको छ ।
आम जनमानसमा सहकारी प्रतिको बदलिँदो छवीले गर्दा सहकारीको साख जोगाउनु पर्ने चुनौतीहरुको विचमा संस्थाले सहकारीका असल अभ्यासहरुलाई उजागर गर्ने, कार्यक्षेत्र भित्रको समस्याउन्मुख कम्तिमा १ वटा सहकारी संस्थालाई व्यवस्थापन सहयोग उपलब्ध गराउने र थप २ वटा सहकारी संस्थाहरुसंग एकीकरण गर्ने निर्णयहरु गरेको जनाएको छ ।
Comment