होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ? कर्मचारीले कमिसन लिएर यसरी बेचे व्यक्तिगत विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ? कर्मचारीले कमिसन लिएर यसरी बेचे व्यक्तिगत विवरण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । डिजिटल वालेटमा वेग्लै पहिचान बनाएको भनिएको ‘खल्ती वालेट’ असुरक्षित देखिएको छ । उपभोक्ताका व्यक्तीगत विवरण र कागजातहरु आपराधिक गिरोहहरुलाई बिक्री गर्ने गरेको खुल्न आएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा कम्पनीका कर्मचारीले कमिसन लिएर विवरण उपलब्ध गराउने तथ्य फेला परेको हो ।

सेवाग्राहीका नागरिकताको प्रतिलिपि, फोटो र अन्य व्यक्तिगत विवरण डाउनलोड गरी ती गिरोहलाई उपलब्ध गराउने र सेवाग्राहीको नाममा सिमकार्ड लिने गरेको पाइएको छ । ती सीमबाट वालेट खाता खोल्ने र त्यस्ता खाताहरू अवैध आर्थिक कारोबारमा प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

के हो घटना ?

ग्राहकले खाता खोल्न अनिवार्य भर्नुपर्ने नो योर कस्टुमर (केवाईसी) विवरण दुरुपयोग गरेर ५५ भन्दा धेरै फर्जी वालेट खाता खोलिएको पत्ता लागेको छ । घटनामा संलग्न रहेको आरोपमा खल्ती वालेटका तीन कर्मचारीलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ । डिजिटल वालेट सेवा प्रदायक कम्पनी खल्तीका तीन कर्मचारीले सेवाग्राहीको व्यक्तिगत विवरण दुरुपयोग गरी अनलाइन ठगीको गिरोहलाई उपलब्ध गराएको तथ्य सार्वजनिक भएको छ। यस प्रकरणमा कम्पनीकै जाहेरीमा कार्यरत कर्मचारीहरूलाई पक्राउ गरिएको छ।

धादिङ ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेत पक्राउ परेकाहरू हुन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। तीनै जना काठमाडौंको तिलगंगा, कलंकी र पशुपति क्षेत्रमा बसोबास गर्दै आएका थिए।

केवाईसी प्रमाणीकरणको जिम्मेवारीमा रहेका ती कर्मचारीहरूले सेवाग्राहीले खल्ती वालेटमा अपलोड गरेका नागरिकताको प्रतिलिपि, फोटो तथा अन्य कागजात डाउनलोड गरी अनधिकृत व्यक्तिका नाममा फरक-फरक मोबाइल नम्बर प्रयोग गर्दै ५५ भन्दा बढी नक्कली खाता खोलेको खुलेको छ।

उनीहरू उपर आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको जनाएको छ ।

प्रकाशित : १३ मंसिर २०८१, बिहिबार २१:२४ 28 November, 2024 9:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।