काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सूचना प्रविधि निर्यात क्षेत्रतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी कोडावतार टेक प्रालि बनेको छ ।
आन्तरिक राजस्व विभाग ‘राष्ट्रिय कर दिवस २०८१’ को अवसरमा कोडावतारलाई उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मान गरेको गरेको हो ।
कोडावतार टेक प्रालिका संस्थापक दिनेश सिलवालले उक्त सम्मान ग्रहण गरेका थिए ।
नेपालबाट सूचना प्रविधि निर्यात गर्ने कम्पनीहरु मध्ये कोडावतार पहिलो बनेको हो ।
सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गरिने गरेको छ।
Comment