‘फीन इलेक्ट्रो टेक -२०२४’ मा अवलोकनकर्ताको घुइँचो, मेलाको तेस्रो दिन १५ हजारले गरे अवलोकन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘फीन इलेक्ट्रो टेक -२०२४’ मा अवलोकनकर्ताको घुइँचो, मेलाको तेस्रो दिन १५ हजारले गरे अवलोकन



काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को तेस्रो दिन आज (मंसिर १ गते) अवलोकनकर्ताहरूको घुइँचो लागेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको यस मेलामा आज मात्रै १५ हजार भन्दा बढीले अवलोकन गरेका हुन् ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको फीन इलेक्ट्रो टेकमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूको संख्या बढेको हो । भोलि अर्थात् (मंसिर २ गते) सम्म सञ्चालन हुने यो मेलाको अन्तिम दिन पनि अवलोकनकर्ताको बाक्लो उपस्थिति हुने अपेक्षा महासंघले लिएको छ ।

नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको मेलामा प्रदर्शन गरिएको छ ।

फीन इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने फीन इलेक्ट्रो टेकमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहेका छन् ।

यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, एल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।

प्रकाशित : १ मंसिर २०८१, शनिबार २०:०४