रैराङ हाइड्रोपावरको १४ करोड रुपैयाँको सेयर आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रैराङ हाइड्रोपावरको १४ करोड रुपैयाँको सेयर आउदै



काठमाडौं  ३१ चैत । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १४ करोड रुपैयाँको सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीयको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणको लागि ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।

९.९ मेगावाटको इवा खोला हाइड्रोइलेक्ट्रिक पावर आयोजना निर्माण गरिरहेको कम्पनीले यो आयोजनाको लागि नै पुँजी संकलन गर्न लागेको हो ।

जुलाई २०१८ मा आयोजना सञ्चालन गर्नुपर्ने भएको कम्पनीले ६५ प्रतिशत कर्जा र ३५ प्रतिशत सेयर लगानीमा आयोजना निर्माण गरिरहेको हो । आयोजनाको प्रक्षेपित लागत १ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको छ ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहीबार ०८:५२