पुँजी बढाउन सिभिल बैंकले रोज्यो हकप्रदको बाटो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुँजी बढाउन सिभिल बैंकले रोज्यो हकप्रदको बाटो



काठमाडौं ३१ चैत  । सिभिल बैंकले ८ अर्ब चुक्ता पूँजी पुर्याउन ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । नेप्सेलाई पत्र लेख्दै बैंकले बुधबार बसेको सञ्चालक समितिको बैठकले पूर्व घोषित २० प्रतिशतमा १० प्रतिशत थपेर ३० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको जनाएको छ ।

बैंकको व्यवस्थापन समितिले ४० प्रतिशत हकप्र दिन सञ्चालक समितिमा प्रस्ताब गरेको थियो । तर, सञ्चालक समितिले ३० प्रतिशत मात्रै पारित गरेको हो ।

हामा र युनिक फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रियामा रहेको बैंकले आइएलएफसीलाई भने गाभिसकेको छ । बैंकले गत बर्षको नाफाबाट २.८० प्रतिशत बोनस सेयर बितरण गर्ने निर्णय गरिसकेको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैंकले १६ करोड ७३ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । हाल ४ अर्ब ५८ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको बैंकको प्रति सेयर आम्दानी ७ रुपैंयाँ ३२ पैसा रहेको छ ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहीबार ०६:३४