प्रभु र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई कारबाही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई कारबाही



काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई नियमामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दैं चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक रप्रभु बैंकलाई कारबाही गरेको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंक खाता खोल्दारसञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएको भन्दैं नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार राष्ट्र बैंकले सचेत गराएको छ। त्यस्तै प्रभु बैंकले लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेको भन्दै केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको छ ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार १५:१४