माछापुच्छ्रे बैंकको मुनाफा १ अर्ब ६ करोड रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको मुनाफा १ अर्ब ६ करोड रुपैयाँ



माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा सामान्य घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आवको भन्दा ७.१९ प्रतिशत कम खुद नाफा कमाएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ।

यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशतले बढेर १ अर्ब ४८ करोड २६ लाख पुगेको छ भने र खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत बढेर ३७ करोड ६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७.१४ प्रतिशत बढेर १ अर्ब ९३ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २७.६२ प्रतिशतले बढेर ९९ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको गैर सञ्चालन खर्च १ करोडबाट बढेर २८ करोड पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.३३ गुणा रहेको छ।

चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब १७ करोड ७७ रुपैयाँ छ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार १०:५८