सिटिजन लाइफको टिकटकमा उत्कृष्ट हुनेले २० हजार पुरस्कार पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफको टिकटकमा उत्कृष्ट हुनेले २० हजार पुरस्कार पाउने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सामाजिक सञ्जाल टिकटक मार्फत बीमा प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता योजना सार्वजनिक गरेको छ।

इन्स्योरेन्सले हाम्रो सिटिजन रोज्नु बोलको गितमा टिकटक श्रव्यदृश्य बनाएर प्रतियोगितामा सहभागि हुन सार्वजनिकरूपमा आह्वान गरेको छ। इन्स्योरेन्सले आफ्नो आधिकारिक टिकटक पेज मा यो गित राखेको छ।

इन्स्योरेन्सका अनुसार प्रतियोगितामा सहभागिताका लागि सिटिजन लाइफको ‘हाम्रो सिटिजन’ बोलको गीतमा टिकटक भिडियो बनाएर टिकटकमा राख्नुपर्नेछ र @Citizenlifeinsurance लाई ट्याग गर्नुपर्नेछ।साथै सिटिजन लाइफको टिकटक अकाउण्ट पनि फलो(पछ्याउनु) गर्नुपर्नेछ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोश्रो स्थान हासिल गर्नेले १५ हजार र तेश्रो स्थान हासिल गर्नेले १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक थप १० जना प्रतिस्पर्धीलाइ जनही ५ हजार रूपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने इन्स्योरेन्सले जानकारी दिएको छ।
इन्स्योरेन्सका अनुसार प्रतिस्पर्धामा विजेताको छनाैटका लागि ५० प्रतिशत अंकभार टिकटक भिडियोको पहुँच र बाँकी ५० प्रतिशत अंकभार मूल्यांकन समितिको निर्णयका आधारमा दिइनेछ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार ०७:३१