अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुन को कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुन को कति ?



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटाएका छन् । सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटाले स्थिर रहेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन् ।

स्थिर राखेकामा ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु छन् ।
कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५.७५ प्रतिशत कायम भएको छ ।

कात्तिकका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दतीमा ५.७५ प्रतिशत ब्याजदर ताेकेकाे छ । बैंककाे असाेजमा ६.०७ प्रतिशत ब्याजदर थियाे । यस्तै, असाेजमा ६ प्रतिशत ब्याजदर कायम गरेकाे राष्ट्रिय वाणिज्य बैंकले कात्तिकमा घटाएर ५.८० मा झारेको छ ।

लक्ष्मी सनराइज बैंकले कात्तिकका लागि ६ प्रतिशत ब्याजदर कायम गरेकाे छ । बैंककाे असाेजमा ६.५० प्रतिशत ब्याजदर कायम थियाे । प्राइम कर्मसियल बैंकले कार्तिकका लागि ६ प्रतिशत ब्याजदर ताेकेकाे छ । बैंककाे असाेजमा ६.२५ प्रतिशत ब्याजदर थियाे । सानिमा बैंकले कात्तिकका लागि ६.१५ प्रतिशत ब्याजदर ताेकेकाे छ । बैंककाे असाेजमा ५.९० प्रतिशत ब्याजदर कायम थियाे ।

सिटिजन्स बैंकले असाेजमा ६.४० प्रतिशत रहेकाे ब्याजदर कात्तिकका लागि घटाएर ५.७५ प्रतिशत कायम गरेकाे छ । नबिल बैंकले ६.७५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशत, हिमालयन बैंकले ७ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशत कायम गरेकाे छ ।

एनआईसी एसिया बैंकले ७.१८ प्रतिशतबाट घटाएर ६.९९ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले ७.०० प्रतिशतबाट ६.५० प्रतिशत, सिद्धार्थ बैंकले ६.५० घटाएर ६ प्रतिशत कायम गरेकाे छ ।

यसैगरी नेपाल एसबीआई बैंकले असाेजकै ब्याजदर ६ प्रतिशत, ग्लोबल आईएमई बैंकले ६.२५ प्रतिशत, कुमारी बैंकले ६.१ प्रतिशत, नेपाल बैंक ५.९५ प्रतिशत, नेपाल इन्भेस्टेमेन्ट मेगा बैंकले ६.५० प्रतिशत कायम गरेकाे छ ।

यस्तै, माछापुच्छ्रे बैंक असाेजकै ब्याजदर ७ प्रतिशत, प्रभु बैंक ७ प्रतिशत, एनएमबी बैंकले ६.५० प्रतिशत, एभरेष्ट बैंक ६ प्रतिशत कायम गरेका छन् ।

प्रकाशित : ३० आश्विन २०८१, बुधबार १२:५९