नेपाल–भारत मैत्री संघद्धारा राहत हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपाल–भारत मैत्री संघद्धारा राहत हस्तान्तरण



काठमाडौं । नेपाल–भारत मैत्री संघले बाढी–पहिरो पीडितका लागि राहत हस्तान्तरण गरेको छ । बिहीबार संघले नेपाल चिकित्सक संघमार्फत पीडितलाई संघको केन्द्रीय कार्यलयमा एक कार्यक्रमको आयोजना गरेर राहत हस्तान्तरण गरेको हो ।

राहत हस्तान्तरण पछि नेपाल–भारत मैत्री संघका केन्द्रीय महासचिव बोहोतकृष्ण सुवेदीले देश अहिले विपत्तिका कारण क्षतविक्षत भइ चपेटामा परेको अवस्थामा आफूहरुले चिकित्सक संघमार्फत एउटा सानो सहयोग पीडितसम्म पु¥याउनलाई पहल गरेको जानकारी दिए ।

उनले भने,‘देशमा अहिले बाढी पहिरोबाट क्षतविक्षत भएको छ । देश चपेटामा परेको छ । यस्तो अवस्थामा हामीले नेपाल चिमित्सक संघमार्फत एउटा सानो सहयोग पीडित जनतासम्म पु¥याउनलाई एउटा पहल गरेका छौं ।’

त्यस्तै चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले नेपाल–भारतमैत्री संघले हस्तान्तरण गरेको राहत स्वास्थ्य सेवासँगै जोडेर पीडितलाई उपलब्ध गराउने जानकारी गराए ।

उनले भने,‘ अहिले पीडितलाई सहयोग गर्ने उद्देश्यले जुन राहत हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौं ।

त्यस्तै जानुका कार्की गिरीले आगामी दिनमा पनि नेपाल–भारत मैत्री संघको सहकार्य निरन्तर रहने बिश्वास व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन भुमिका खेल्ने सबैप्रती धन्यवाद दिएकी छन् ।

प्रकाशित : १७ आश्विन २०८१, बिहीबार १५:४३