एनसेल कर्पोरेट गल्फ टुर्नामेन्टलाई मौसमले चुनौती दिए पछि… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

एनसेल कर्पोरेट गल्फ टुर्नामेन्टलाई मौसमले चुनौती दिए पछि…



काठमाडौं । एनसेल कर्पोरेट गल्फ टुर्नामेन्टलाई मौसमले चुनौती दिएको छ । भोलि शनिबार (२८ सेम्टेम्बर)मा गोकर्ण फरेस्ट रिसोर्टमा हुने भनिएको यो टुर्नामेन्ट खराब मौसमका कारण एनसेलले तीन साता पछाडिलाई सारेको छ । एनसेल गल्फ टुर्नामेन्ट अब १९ अक्टेबरमा हुने सूचना एनसेलले जारी गरेको छ ।

अनुकुल मौसममा हुने रमाइलो अनुभूति दिलाउँदै टुर्नामेन्ट गर्न खोजेको एनसेलले मौसम खराब भएपनि समयतालिका परिवर्तन गरेको हो ।

पछिल्लो दुई दिनदेखि प्रतिकुलत भएको मौसम अझै केही दिन अनुकुल नहुने भएपछि एनसेले गल्फ टुर्नामेन्टको तालिका परिवर्तन गरेको हो ।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार १७:२७