उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु , निर्वाचन भोली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु , निर्वाचन भोली



काठमाडौं २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५१ औ साधारणसभा आजदेखि सुरु भएको छ । साधारणसभाको उद्घाट्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डले’ गरे । साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँग महासंघ सहकार्य गर्न तयार रहेको बताए ।

उनले संघियता र संविधानको कार्यान्वयनदेखि नडराउन आग्रह गरे ।‘ स्थानीय तहलाई पनि संविधानले नै अधिकार दिएकोले दुई तिर कर तिर्नुपर्छ कर तिनुपर्छ कि भन्ने चिन्ता तपाईहरुलाई लागेको हुन सक्छ’,उनले भने,‘ म तपाईहरुलाई आस्वस्त पार्न चाहन्छु दोहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना हुने छैन।’

प्रधानमन्त्री प्रचण्डले महासंघको अध्यक्षमा महिला नेतृत्व आएको भन्दै खुसी व्यक्त गरे । ‘ राष्ट्रपति,सभामुख,प्रधानन्यायधीश लगायतका महत्वपूणं पदमा महिला नेतृत्व समालेको बेला निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनको अध्यक्षमा पनि महिला नेतृत्व आउनुले नेपाली महिलासँग नेतृत्व क्षमता छ पुष्टी भएको छ’प्रधानमन्त्रीले भने ।

महासंघले ५१ औ साधारणसभाको अवसरमा पूर्व अध्यक्ष सहित विभिन्न व्यवसायी तथा समाजमा उत्कृष्ट योगदान गरेका व्यक्तिलाई सम्मान गरेको छ ।

प्रकाशित : २८ चैत्र २०७३, सोमबार ०५:५९