सेक्युर्ड सेक्युरिटिजले ६२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेक्युर्ड सेक्युरिटिजले ६२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । सेक्युर्ड सेक्युरिटिजले लाभांश घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई ६२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र करसहित १२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक ८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ ।

सभामा प्रबन्धपत्र र नियमावलीमा प्रशोधन गर्दै विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभाले समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

यसका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार ११:२७