कमाउदै पढ्ने हाे ? हाम्राे साकाेसले दिदै छ यस्ताे अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कमाउदै पढ्ने हाे ? हाम्राे साकाेसले दिदै छ यस्ताे अवसर



काठमाडौ । महिला शसक्तिकरणका लागि  संस्थाका सदस्यहरुलाई २ पाँग्रे सवारी चालक तालिमका र इलेक्ट्रिक स्कुटर खरिदका लागि हाम्रो साकोस र एलोइ प्रा.लिविच सम्झौता सम्पन्न भएको छ ।

विपन्न महिलाहरुलाई ९.९९ प्रतिशत व्याजदरमा पहिलो चरण तालिम र दोश्रो चरणमा इलेक्ट्रिक स्कुटर खरिदका लागि  वित्तीय सहजीकरण सवारी गरी चालक अनुमती पत्र प्राप्त गरे पश्चात उक्त कार्यक्रममा आवद्ध महिलाहरुलाई रोजगारीको समेत व्यवस्था गर्ने गरि सम्झौता सम्पन्न भएको छ ।

पहिलो चरणमा १० जना महिला सदस्यहरुलाई यस कार्यक्रममा समावेश गर्ने र त्यस पछि प्रत्येक ३ महिनामा थप १० जना लाई कार्यक्रममा समावेश गरिने छ । 

पहिले आउने पहिलो प्राथमिकता दिईने हाम्राे साकाेसका प्रमुख कार्यकारी अधिकृत ईन्द्र घिमिरेले जानकारी दिए ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार २०:५५