काठमाडौ । महिला शसक्तिकरणका लागि संस्थाका सदस्यहरुलाई २ पाँग्रे सवारी चालक तालिमका र इलेक्ट्रिक स्कुटर खरिदका लागि हाम्रो साकोस र एलोइ प्रा.लिविच सम्झौता सम्पन्न भएको छ ।
विपन्न महिलाहरुलाई ९.९९ प्रतिशत व्याजदरमा पहिलो चरण तालिम र दोश्रो चरणमा इलेक्ट्रिक स्कुटर खरिदका लागि वित्तीय सहजीकरण सवारी गरी चालक अनुमती पत्र प्राप्त गरे पश्चात उक्त कार्यक्रममा आवद्ध महिलाहरुलाई रोजगारीको समेत व्यवस्था गर्ने गरि सम्झौता सम्पन्न भएको छ ।
पहिलो चरणमा १० जना महिला सदस्यहरुलाई यस कार्यक्रममा समावेश गर्ने र त्यस पछि प्रत्येक ३ महिनामा थप १० जना लाई कार्यक्रममा समावेश गरिने छ ।
पहिले आउने पहिलो प्राथमिकता दिईने हाम्राे साकाेसका प्रमुख कार्यकारी अधिकृत ईन्द्र घिमिरेले जानकारी दिए ।
Comment