काठमाडाै । वाणिज्य बैंकहरुले असोज महिना लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोज महिनाका लागि उनीहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत ६.३५ प्रतिशत कायम गरेका हुन् । भदौको तुलनामा असोजमा यस्तो औसत ०.१४७ प्रतिशत बिन्दुले घटेको हो । भदौमा बैंकहरुले निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.५०३ प्रतिशत थियो ।
सोमबार प्रकाशित ब्याजदरअनुसार सञ्चालमा रहेका २० वटा बैंकमध्ये सरकारी २ वटा बैंकले ब्याजदर बढाएका छन् भने १० वटा बैंकले ब्याजदर घटाए । बाँकी ८ वटाको भने स्थिर रहेको छ । ब्याजदर बढाउनेमा नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुनु र कर्जाको माग न्यून हुँदा अधिकांश बैंकले ब्याजदर घटाइ रहेका छन् । केहीले भने स्थिर राखेका छन् ।
कुनै समयमा ब्याजदर बढाउन हुने गरेको प्रतिस्पर्धा अहिले घटाउनेतर्फ बढी रहेको छ । ब्याजदर घट्दा कर्जा लिनेलाई राहत मिलेको छ । यता मुद्दती निक्षेपमा राखेर ब्याज खानेहरुलाई भने घाटा नै रहेको छ ।
वाणिज्य बैंकमध्ये एभरेष्ट, कुमारी, एनआईसी एसिया, सानिमा र सिटिजन्स बैंकले भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्टले ६ प्रतिशत, कुमारीले ६.०१ प्रतिशत, एनआईसी एसियाले ७.१८ प्रतिशत, सानिमाले ५.९० प्रतिशत र सिटिजन्स बैंकले ६.१५ प्रतिशत दिने भएका छन्। भदौमा एभरेष्टले ६.१० प्रतिशत, कुमारीले ६.७१ प्रतिशत, एनआईसी एसियाले ७.४१ प्रतिशत, सानिमाले ६.२० प्रतिशत र सिटिजन्स बैंकले ६.५० प्रतिशत दिएका थिए।
यसैगरी नबिल, एनएमबि, प्राइम, नेपाल एसबीआई र राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। असोजमा नबिलले ६.७५ प्रतिशत, एनएमबिले ६.५० प्रतिशत, प्राइमले ६.२५ प्रतिशत, नेपाल एसबीआईले ६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। भदौमा नबिलले ७ प्रतिशत, एनएमबिले ७.४१ प्रतिशत, प्राइमले ६.७५ प्रतिशत, नेपाल एसबीआईले ६.२५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.०७ प्रतिशत ब्याजदर तय गरेका थिए।
असोजका लागि नेपाल बैंक र कृषि विकास बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर क्रमशः ५.९५ प्रतिशत र ६.०७ प्रतिशत दिने भएका छन्। भदौमा क्रमशः ५.२५ प्रतिशत र ६.०५ प्रतिशत थियो।
असोजमा ब्याजदर स्थिर राख्नेमा प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा र सिद्धार्थ बैंक रहेका छन्। यी बैंकले भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिएका छन्। भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा प्रभुले ६.१० प्रतिशत, ग्लोबल आइएमईले अधिकतम ६.२५ प्रतिशत, माछापुच्छ्रेले ६.५० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६.५० प्रतिशत र सिद्धार्थ बैंकले ६.५० प्रतिशत ब्याजदर दिएका थिए।
त्यस्तै लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्डले पनि ब्याजदर स्थित राखेका छन्। यी बैंकले असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम क्रमशः ६.५० प्रतिशत र ७ प्रतिशत दिने भएका छन्
Comment