सुरज खनाल
बदलिॅदो विश्व अनि विश्वमा बढ्दो आर्थिकप्रतिस्पर्धाको माझ अपारसम्भावना अनि पूरातात्विक धरोहरको रुपमा विश्वमा सुपरिचित काठमाडौॅ महानगर किन दिन प्रतिदिन धूलो,धूॅवा,लुटपाट,गुण्डागर्दी अनि कालोबजारीको मारमा चेपीएको छ । अवश्य सोचनीय अनि गम्भीर प्रश्न महानगरबासी सामु नजिकीॅदो स्थानियतहको निर्वाचन पूर्व तेर्सिएको छ । महानगरको आउॅदो भविष्य सिधा यसको मेयरसॅग जोडीएको छ । राजनैतिक खिचातानी अनि राजनीतिले थलोपारेको महानगरको नेत्रित्व कुशल हातमा पर्न गए अवश्यपनि महानगरले त काॅचुली फेर्नेनैछ त्यसको सीधा सीधा असर देशका अन्य नगरहरुमापनि प्रत्यक्ष पर्ने नै छ ।
स्थानियतहको निर्वाचन प्रति देखिएको जनउत्साह हेर्नेहो भने जनस्तरबाट निर्वाचनको आवश्यकता र स्थानिय नेतृत्वको खट्किॅदो आवश्यकतालाई नजर अन्दाज गर्न मिल्दैन । जसको परिणाम स्वरुप निर्णायक तहमा आसिनवर्गलाई निर्वाचन प्रति जिम्मेवार बनाउने निर्णायक थलोनै देशकै पूरानो महानगर काठमाडौॅको हुन आउॅछ । महानगरवासीको आकॅक्षा र परिवर्तनप्रतिको सकरात्मक आस्थाले निर्णायकतहमा कुशल व्यक्ति आसिन गराउनुको विकल्प देखिन्न। निर्णायक बुदाॅमा निम्नकुरालाई यसरी लिन सकीन्छ ।
१ राजनैतिकदल या व्यक्तिगत क्षमता :
देशको राजधानी काठमाडौॅ र केन्द्रिकित राज्यको केन्द्रिय प्रशासन भएको महानगरमा राजनीति र यसबाट व्यक्तिगत तथा समूहगत फाईदा लिई राजनीतिलाई कालो धब्बालगाएका व्यक्तिहरु सूपरिचित छन् । राजनैतिक आडमा आफ्नो शक्ति र पहूॅच भएका व्यक्तिहरुलाई प्रयोग गरेर हेरिसकेका महानगरवासी आखिर नजिकीदो निर्वाचनमा के राजनैतिक दलभन्दा माथि उठी व्यक्तिगत क्षमता र छविका उम्मेद्वारमा मताधिकार प्रयोग गर्लान या पूरानै शैलीमा स्वस्तिक चिन्ह दलिय प्रभाव र नारामा प्रयोग गर्लान, कौतुहलताको विषय रहेको छ ।
२ महानगर र यसको भविष्य
विश्व जनमानसलाई नजिकबाट हेर्ने महानगरवासीले नजिकैको भूटान,बिहार राज्य अनि भर्खरै निर्वाचित उत्तर प्रदेशका मुख्यमन्त्री योगी को कार्यशैली हेरेकै छ, के विश्वले व्यक्तिगत क्षमता हेर्दा आखिर महानगरवासी महानगरको भविष्य व्यक्तिगत क्षमतामा छोड्न आतुर नहोलान् त ? कि महानगरसॅग व्यक्तिगत क्षमता भएका उम्मेद्वारको खड्को छ ? केही समय अघि भारतमा भारतिय जनता पार्टिले निर्वाचनमा आॅधीबेरी ल्याउॅदा त्यहाॅका जनताले न त केन्द्रिय सरकारमा बिजेपी रोजेका थिए नत त्यॅहा चुनावमा रोलमोडल बीजेपी नै थियो, थिए त केबल व्यक्तिगत क्षमतामा गुजरात हाॅकेका नरेन्द्र दामोदर मोदी , के हाम्रा राजनैतिक दलले महानगरको भविष्य फेर्न त्यस्तो उम्मेद्वार खडा गर्न नसक्लान् ?
त ?
३ विकास र निकास
पानीको अभाव र बिजुलीको सास्तीमा पिरोलीएका महानगरवासीहरुले बिजुलीबाट त राहत पाएका छन् तर पानीको समस्या यातायातको साधनको अभाव तथा प्रदूषित वातावरणले आजित छन् आखिर कैले सम्म त ? आफैॅ अनूत्तरित महानगरवासीले अब उत्तरपाउने बेला भएको छ र मेट्रो ट्रेन,सिटीबस लगायतका नयाॅ भौतिक सॅरचनाको सपना देख्ने बेला आएको छ ! बिदेशिएका युवाहरुलाई विकास र निर्माणमा अवस सिर्जना गरी उच्च शिक्षाका निमित्त विदेशिने अर्बौॅ रकम रोकी विश्वमा सक्षम महानगरको सुचीमा काठमाडौॅलाई सुचीकृत गराउन आखिर जुट्ने समय नै त यही हो !जसलाई साकार पार्न केबल हिम्मत गरी विकासलाई नजिकवाट नियालेका योग्य व्यक्ति चुनी निकास दिन पछि हट्नु हुन्न !
३ दलिय झुकाव
नेपाल यस्तो देशहो जहाॅ जुत्तमा पालीस लगाउने देखी उच्च करमचारी नेत्रीत्वसम्ममा राजनीतिक गुटबन्दि छ आखिर हामीलाई यहि गुटबन्दिले थलो पार्दैछ भने यसलाई एकपटक हामी बिर्सिएर कुनैपनि सक्षम र योग्य व्यक्ति तर्फ झुकाव राख्न सक्दैनौॅ र ? आखिर यस्ता योग्य व्यक्ति कुने पनि दल वा सॅगठनमा हुन सक्छन्, यसपटक शिक्षित र जागरुक महानगरीय समाजलाई सम्पूर्ण नेपालबासी नजिकबाट नियालीरहेछन् आखिर तिमी कता ढल्किन्छौ भनी ।
धूवाॅ,धूलो,महॅगी,कालोबजारी,लुटपाट र गुण्डा गर्दीबाट आजित भएका महानगरबासी अब तयार हुनै पर्दछ विशाल परिवर्तनका निमित्त जसले हमानगरमा नयाॅ सम्भावना ल्याओस्, भूकम्पले जरजर पारेका पूरातात्विक सम्पदामा नयाॅ मूस्कान थपियोस् अनि सहरको विचमा नयाॅ उभिएको धरहराको टूप्पोबाट व्यवस्थित सहर र स्वच्छ वातावरणमा ति बाग्मति बिष्णुमति नदिहरु कल कल बगेको देख्न पाईयोस् जहाॅ मध्यरातमा पनि पर्यटक स्वतन्त्र रुपमा रात्रीकालिन बजारको मजा लिन पाउन त हाम्रा चेलीवेटि निर्वाध रूपमा हिॅडडुल गर्न पाउन् ।
के तपाईॅ महानगरबासी आफ्नो मताधिकारलाई विकास र परिवर्तन प्रति प्रयोग गर्न आतुर हुनुहुन्न र ?
खनालको ब्लगबाट
Comment