मंसिर १६ गते सार्वजनिक बिदा ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

मंसिर १६ गते सार्वजनिक बिदा !

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । यही मंसिर १६ गते आइतबार उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ।

आयोगले स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउनका लागि आयोगले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो।

आयोगले मंसिर १६ मा मतदान हुने दिन स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउने मन्त्रालयलाई सिफारिस गरेको छ।

यस्तै मंसिर १६ का दिन उपनिर्वाचन हुने स्थानीय तहका मतदातालाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाइ मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई आह्वान गरेको छ।

मंसिर १३ देखि १६ सम्म मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रुपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रकाशित : १२ मंसिर २०८१, बुधबार ११:०७ 27 November, 2024 11:07 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।